मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर २ को मतगणना भैरहेको छ । थाहानगरको पालुङ वहुमुखी क्याम्पसमा भैरहेको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।
४ सय मतगणना सम्पन्न भैसकेको जनाइएको छ । मतगणना अनुसार नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार गुपत बहादुर कार्कीले १ सय ५४ मत पाएकाछन् भने नेकपा माओवादी केन्द्रका अध्यक्षका उमेद्वार मब बहादुर सिन्तानले १ सय १३ र नेपाली काँग्रेसका उमेद्वार नवराज लामाले १ सय १ मत पाएका छन् ।

पालिका प्रेस
थप जानकारी