सरकारले वैदेशिक तालिम वा अध्ययनमा जान चाहने स्थानीय तहमा कार्यरत कर्मचारीहरुबाट दरखास्त आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई विभिन्न मुलुकमा आयोजना हुने वैदेशिक अध्ययन तालिमका लागि दरखास्त मागेको हो ।

विभिन्न ४ वटा बिषयमा हुन लागेको अध्ययन वा तालिमका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र स्थानीय तहका कर्मचारीहरुसँग चीन सरकारले दिने अनलाइन तालिमका लागि आवेदन माग भएको छ भने काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले इण्डिया सार्क डिजस्टर म्यानेजम्याण्ट सेन्टरले दिन लागेको तालिमका लागि आवेदन माग गरिएको छ ।

यस्तै जाइकाले दि लागेको अनलाइन तालिमका लागि स्थानीय तहका कर्मचारीहरुसँग आवेदन माग गरिएको छ । इच्छुक र योग्य कर्मचारीले मंसिर दोश्रो साताभित्रै दरखास्त दिइसक्नुपर्नेछ ।

पालिका प्रेस
थप जानकारी