अध्यक्ष पुरुषोत्तम कार्की

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन ईङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलको अभिभावक भेला तथा पुरस्कर वितरण कार्यक्रम भएको छ । विद्यालयमा २० माघमा भएको भेलाले विद्यालयका संस्थापक पुरुषोत्तम कार्कीको अध्यक्षतामा विद्यालय ब्यवस्थापन समितिको चयन गरेको छ ।

समितिको सदस्यहरुमा अभिभावकहफुको तर्फबाट सरोज बिष्ट, नवराज कार्की, उर्वशी रायमाझी रहेका छन् । त्यस्तै समितिमा विद्यार्थीबाट सिम्रन खड्का, शिक्षक प्रतिनिधि लक्ष्मी पौडेल रहेका छन् । समितिमा नगर शिक्षा समितिबाट १ जना र वडा जनाप्रतिनिधिबाट १ जना सदस्य रहने बिद्यालयका प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका सदस्य सचिब बाबुलाल कार्कीले बताए ।

यसैबीच २० माघमै विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । विद्यालयका शिक्षक शुसान्त गोपालीको संयोजकत्वमा भएको कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसका प्राध्यापक रामहरि अधिकारी, न्यु भिजन एकेडेमीका प्रधानाध्यापक सुदर्शन कार्की, थाहानगर कार्यपालिका सदस्य पबित्रा ठकुरी कार्की, वडा नम्बर ३ को सदस्य कबिता बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयकी शिक्षक निशा विष्टले संचालन गरेको कार्यक्रममा बिद्यालयका संयोजक संगम कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन हुँदै आएको छ ।

पालिका प्रेस
थप जानकारी