बागमती प्रदेशको राजधानी हेटौँडाबाट देशको राजधानी काठमाण्डौँ प्रवेश गर्ने छोटो नाकाको रुपमा रहेको हेटौँडा–भीमफेदी–फाखेल–काठमाण्डौँ सडक मर्मतको लागि करिब २ महिना सडक बन्द गर्नुपर्ने भएपछि हेटौैँडाबाट काठमाण्डौँ जाँदा कुलेखानी–चित्लाङ सडक तथा फर्कदा कान्तिलोकपथ सडक प्रयोग गर्नेगरि मर्मतको काम हुने भएको छ ।
आज हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेको नेतृत्वमा भएको सर्वपक्षीय छलफलले फागुन १ बाट फाखेलको सडक मर्मतको लागि बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले काम नगर्ने मनासय बोकेका ठेकेदारलाई आव समय थप नुहेन बताएका छन् । काम गर्दैजाँदा समय नभएर ढिला भएको भए समय थप गर्न सकिने तर कामै नगरी समय थपको माग गर्ने ठेकेदारहरुलाई समय थप गर्न नसकिने उनले बताए ।
मुख्यमन्त्री जम्कट्टेलले देशको राजधानी काठमाण्डौँबाट प्रदेशको राजधानी जोडने सडकको अवस्था लाई दुई महिनाभित्र सक्नको लागि निर्देशन समेत दिए ।
















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्