साँकेतिक फोटो । स्रोत: गुगलबाट

मकवानपुर थाहा नगरपालिकाका २ सय २ परिवारले अझै पनि कुवाकै पानी पिउने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदनमा नगरका ४६ परिवारले छोपिएको कुवा र १ सय ५६ परिवारले नछोपिएको कुवाको पानी खाने गरेको तथ्याङ्क छ ।

थाहाको २ नम्बर वडामा सबैभन्दा बढि ५० परिवारले कुवाको पानीलाई खानेपानीको रुपमा प्रयोग गरिरहेको तथ्याङ्क रहेको छ । त्यसपछि वडा नम्बर ८ मा ४४ परिवार कुवाकै भरमा छन् । सबैभन्दा कम वडा नम्बर १ मा २ परिवार मात्र कुवाको पानी पिउने गरेको राष्ट्रिय तथ्याङ्क छ । थाहानगरका ९ हजार ७४९ परिवार मध्ये ३ हजार २३७ परिवारको घरभित्रै धारा रहेको तथ्याङ्कमा उल्लो छ भने ५ हजार ६५ परिवारको घर बाहिर धारा रहेको छ ।

त्यस्तै ५० परिवारले ट्युबवेलको पानी पिउँछन्, १ हजार १४० परिवारले मुलको पानी, ४८ परिवारले खोलाको, ४ परिवारले बोत्तल वा जारको र अन्य ३ परिवारले विविध स्रोतहरु प्रयोग गरी खानेपानी पिउने गरेको तथ्याङ्क रहेको छ ।

हेर्नुहोस् तथ्याङ्कः

पालिका प्रेस
थप जानकारी