सरकारले सिंचाइका लागि विद्युत महसुलमा छुट दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रममा सिँचाइ सुविधा विस्तार गर्दै लैजाने र नदी डाइभर्सन परियोजनामार्फत सिँचाइ सुविधा दिने योजनाहरुलाई निरन्तरता दिने उल्लेख छ ।

नीति तथा कार्यक्रमले धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अघि बढाउने घोषणा गरेको छ ।

साना किसानलाई निःशुल्क वाटरपम्प र ट्युबेल वितरण गर्नेदेखि तराइका नदीमा रिजर्भ्वायरहरु बनाएर हिउँदमा सुख्खा क्षेत्रमा सिँचाइ परियोजना बनाउन नमूना आयोजना विकास गर्ने घोषणा पनि राष्ट्रपति पौडेलले गरेका छन् ।

पालिका प्रेस
थप जानकारी