सरकारले चालु आर्थिक वर्षमा पनि स्थानीय तहहरुमा संचालित गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता दिएको छ । यस कार्यक्रम अन्तर्गत मकवानपुरका चार पालिकामा यो कार्यक्रम संचालन हुने भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कैलाश, राक्सिराङ र भिमफेदी गाउँपालिकामा यो कार्यक्रम संचालन हुने भएको हो । देशभरका ३३८ स्थानीय तहमा संचालनमा रहेको यो कार्यक्रमका लागि संघीय सरकारले सशर्त अनुदानको रकम खर्च गर्दै आएको छ । यो कार्यक्रमका लागि स्थानीय तहमा करारमा खटाइएका कर्मचारीलाई नै २०८१ असार मसान्त सम्मका लागि करार नविकरण गरेर फिल्डमा खटाइएको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

सम्वन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहने गरी नियुक्त गरिएका करारका कर्मचारीले यो कार्यक्रमको सहजीकरण र व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । यसरी काजमा खटाइएका ५८ वर्ष मुनीका कर्मचारीलाई मासिक १५ हजार रुपैयाँ तलव र वर्षमा एक पटक पोशाक भत्ताबापत १० हजार रुपैयाँ सेवा दिइने मन्त्रालयका शाखा अधिकृत शिशिर रिजालले जानकारी दिएका छन् ।

पालिका प्रेस
थप जानकारी