आर्थिक वर्ष २०७९÷८० को कार्यसम्पादनका आधारमा हेटौँडा उपमहानगरपालिकाले ९ जना उत्कृष्ट कर्मचारी छनोट गरेको छ । उपमहानगरले छनोट गरेको उत्कृष्ट कर्मचारीलाई आगामी नगर दिवसमा १ फागुनमा जनही नगद ७५ हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ ।
उपमहानगरपालिकाको लक्ष्य र उद्देश्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याएकाले उत्कृष्ट कर्मचारीको रुपमा छनोट गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिए । १८ भाद्रमा बसेको कार्यपालिकाको बैठकले उत्कृष्ट कर्मचारी छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत चौलागाईले २२ भाद्रमा एक सूचनामार्फत जानकारी गराएका हुन् ।

उत्कृष्ट कर्मचारीमा अधिकृतस्तरका गंगाकुमारी चौलागाई, विना माया थिङ, बसन्त कुमार सिटौला र सीताराम रिजाल छन् भने सिनियर अहेब रामानन्द चौधरी, डा. कमल प्रसाद अधिकारी, सिनियर अनमी निरीक्षक मञ्जु श्रेष्ठ, ग्रेडर अपरेटर बुद्धबहादुर थिङ र कार्यालय सहयोगी अरुणा उप्रेती रहेका छन् ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्