बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बंगबन्धु खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ७ का रिजन मोक्तानले स्वर्ण पदक हाँसिल गरेका छन् ।

२ कात्तिक देखि ४ गतेसम्म संचालन भएको प्रतियोगिता अन्तरगत पुसे विधाको एकल र समूह प्रतियोगितामा दुई वटा रजत पदक समेत हाँसिल गरेका मोक्तानले एकल स्पाइरिङ बिधाको प्रतियोगितामा प्रथम हुँदै स्वर्णपदक हाँसिल गरेका हुन् । बंगलादेश तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा मोक्तानले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाल सहित १२ देशका तेक्वान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी