बजारमा किनमेलका लागि आउँने मानिस हिड्नका लागि प्रयोग हुने फुटपाथमा बिक्रीका लागि राखेको सामग्री हेटौंडा उपमहानगरपालिकाका नगर प्रहरीले नष्ट गरेको छ । चाडवाडको सयम छोपेर फुटपाथमा बिक्रीका लागि राखेको मिठाई, फलफुल र तरकारी सहितका सामग्री जफत गर्दै प्रहरीले शुक्रबार नष्ट गरेको हो ।

हेटौंडा १० राप्ति खोला नजिकै खाडल खनेर प्रहरीले जफत गरेको सामग्रीहरु नष्ट गरेको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ । नगर प्रहरीले असोर र कार्तिक महिनामा फुटपाथबाट पिठोबाट बनेको खुल्ला मिठाई ८५ किलोग्राम र तरकारीहरु २२ किलो ५ सय ग्राम जफत सामग्री नष्ट गरेको बताइएको छ । मुख्यगरी हेटौंडा बजार क्षेत्रको बुद्धचौक, खोपेगल्ली, राप्तीरोड र तिहार बजारका लागि दिईएको हेटौंडा अस्पताल अगाडि अव्यवस्थित ढंगबाट बिक्रीका लागि राखिएका सामग्री जफत गरीएको नगर प्रहरी इन्चार्ज नेत्रप्रसाद ढकालले बताए ।

उपमहानगरले पटक/पटक सार्वजनिक सुचना गर्दै फुटपाथमा सामग्रीहरु राखेर बिक्री नगर्न व्यवसायीहरुलाई जानकारी गराए पनि कार्यान्वयन नभएपछि सामग्री जफत गर्न थालेको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी