मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको मण्डुखोलामा रैथाने असला माछाको भुरा छाडिएको छ । खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका करुणाभूमी सामुदायिक बन क्षेत्रमा रहेको उक्त खोलामा पाँचसय असला माछाको भुुरा छोडिएको हो ।

खोलाहरुमा रैथाने माछा संरक्षण गर्दै हुर्केका माछा बिक्री गर्न सके स्थानीयहरुको आम्दानीको स्रोत बढाउन सकिने करुणभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए । अध्यक्ष लामाले भने–‘नगरका अन्य खोलामा पनि रैथाने असला माछाका भुरा छोडिने योजना बनाएका छौं ।’

करुणभूमि सामुदायिक वन क्षेत्रमै रहेको मण्डुखोलामा १५ सय असला माछाको भुरा छाड्ने लक्ष रहेको जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी