बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपाल भाषा देशको सम्पदा र तामाङ भाषा बागमती प्रदेशको सभ्यता भएको बताएका छन् । मुख्यमन्त्री जमकट्टेलले सम्पदाको रक्षक यहाँका नेवार र सभ्यताको तामाङ समुदाय भएको उल्लेख गरे । बागमती प्रदेशले नेवारी (नेपाल भाषा) र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्नका लागि विधेयक सर्वसम्मत पारित गरेको कार्यलाई स्वागतयोग्य गर्दे मकवानपुर थाहानगरको बज्रवाराहीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा मुख्यमन्त्री जम्मकट्टेलले यस्तो बताएका हुन् । हलि नेवाःगुठी मकवानपुर जिल्ला समिति र नेपाल तामाङ घेदुङ संघ थाहानगर समितिको संयुक्त आयोजनामा ९ मङ्सिरमा थाहा नगरपालिकाको ६ नम्बर वडाको बाराही चौरमा कार्यक्रमको आयोजना गरिएको हो।

‘अहिले केही व्यक्ती र संस्थाहरु राजतन्त्र र हिन्दु राष्ट्र चाहियो भन्दै उफ्रीरहेकोले व्यवस्था जोगाउन हामीले उनिहरुसंग बहस गर्नुपर्ने बेला आएको छ’– जमकट्टेलले भने । मुख्यमन्त्रीले जनताका गुनासोहरुलाई सिमित श्रोत र साधनले गर्दा एकैचोटि सम्बोधन गर्न नसकिने र तीनै तहका सरकार ती कुरा पूरा गर्न लागि परिरहेको हुँदा जनताका त्यस्तै मागको भावनासंग खेल्दै गणतन्त्र विरोधीहरु सलबलाइरहेको उनको भनाइ थियो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री मोक्तानले बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बिधयकले जनता खुशी भएकोले आफुलाइ गौरव लागेको बताउदै आफ्नो भाषा संस्कृति संरक्षणमा जोड दिन आग्रह गरिन् । थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, वडा अध्यक्षहरु हेरमान गोपाली, नारायण लामा, राजनभक्त श्रेष्ठ, नेपाल तामाङ घेदुङ संघ थाहाका अध्यक्ष दिपेन्द्र कुमार थिङलगायतका उपस्थिति रहेको थियो।।

कार्यक्रममा वक्ताहरुले प्रदेश संसदबाट सर्वसम्मतले पारित गरेको विधेयकमा नेवाः भाषालाई प्रदेशको कामकाजि भाषाको रुपमा लागू गराउन निरन्तर खबरदारीको आवश्यकता रहेको बताए । स्थानीय सरकारलाई पनि स्थानीय भाषा ऐन बनाउनका दबाब दिनू आवश्यक रहेको औल्याएका थिए । त्यसैगरी भाषा विधेयक पारित गरेको दिन असोज २२ गतेलाई नेपालभाषा उत्सव दिवस मनाउनु पर्ने धारणा राखेका थिए ।

प्रदेश सरकारले सो दुई भाषालाइ सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो । अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन् ।