मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्ने विभिन्न सडक मर्मत संभारका लागि आवागमन स्थगित गरिएको छ । कुलेखानी–कलंकी–सिम्लाङ–मार्खु–विसिङ्खेल पर्यटन मार्ग निर्माण कार्य भैरहेको पालिकाको १ नम्बर वडा कार्यालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ ।

वडा अध्यक्ष सुवास थापा मगरले ९ वैशाखमा सूचना प्रकाशन गर्दै हेटौंडा काठमाण्डौ, काठमाण्डौं हेटौडा यात्रा गर्ने यात्रुहरुले वडा नम्बर १ को सिमखोला–सानुमार्खु–टौमाठ ठाडोखोला (मोहिनी) झरना शेराखोला पर्यटन मार्ग हुँदै विसिङखेल चित्लाङ सडक प्रयोग गर्न भनेका छन् । पालिका क्षेत्रको सडकहरु मर्मत भैरहेकोले यात्रुहरुको असुविधालाई ध्यानमा राखी वडाध्यक्ष थापा मगरले सूचना प्रकाशन गरेका हुन् ।

मर्मत संभारका लागि अहिले इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्ने सिस्नेरी मदनभण्डारी मार्ग, फाखेल फर्पिङ मार्ग, कुलेखानी–चखेल मातातिर्थ राजमार्गलगायतका सडकहरु मर्मत संभार तथा स्तरीकरण भैरहेका छन् ।

पालिका प्रेस
थप जानकारी