जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललित घलानले थाहानगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको विकासका लागि सक्दो सहयोगगर्ने प्रतिवद्धता जनाएका छन् । ८ वैशाखमा भएको पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेलाका प्रमुख अतिथी समेत रहेका घलानले शिक्षामा सहयोग जति गरेपनि अपुग हुने बताए । समस्याको बाबजुद स्थानियले क्याम्पस टिकाइ रहेकोमा उनले धन्यवाद दिए । प्रमुख घलानले क्याम्पस संचालनको निम्ति नयाँ ढंगले सोच्नुपर्ने बताए ।

परिषद भेलामा त्रिभुवन बिश्वबिद्धालयका प्रतिनिधि राजमान महर्जनले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गरे । यस्को लागि त्रिभुवन विद्यालय सहयोग गर्न तत्पर रहेको जानकारी गराए । थाहा नगर उपप्रमुख भरत गोपालीले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आवश्यकता भएको औल्याए ।

   वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष विष्णु बहादुर विष्ट ‘आदर्श’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा क्याम्पस प्रमुख राजन मिश्रले क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गरे । क्याम्पसका कोषाध्यक्ष बिमल कुमार ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गरेका थिए ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णु बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका ६ का वडा अध्यक्ष तथा नगर शिक्षा संयोजक राजनभक्त श्रेष्ठ , नेपाली काँग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले नगर सचिव सुजन कुमार रायमाझी, माओवादी केन्द्र नगर सचिव लक्ष्मण बिष्ट, पुर्व संचालक समिति उपाध्यक्ष श्यामभक्त श्रेष्ठलगायतकाले शुभकामना दिएका थिए। वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका स्वबियु पदाधिकारी लगायतका परिषद सदस्यहरु, क्याम्पस संचालक समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापकहरु, प्राध्यापक विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

वार्षिकोत्सवको अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरिएको थियो । विषयगत उत्कृष्ट प्राध्यापक सन्तोष हमाललाई बित्त विषयको लागि सम्मानित गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।सम्मानित हुनेहरूलाई प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख घलानले कदरपत्र वितरण गरेका थिए ।

पालिका प्रेस
थप जानकारी