‘पर्यटनको लागि फिल्म’ भन्ने मुल नाराको साथ थाहा कला केन्द्रको आयोजना संचालित थाहा फिल्म फेस्टिभलमा मंसिर ९ गतेदेखि नै चलचित्रकर्मी र अवलोकन कर्ताको घुइँचो छ । फिल्म फेस्टिभल अवधी भर प्रदर्शन हुने सबै चलचित्र, लघु चलचित्र र वृत्तचित्रमा चलचित्रको प्रोडुसर, निर्देशक तथा अन्य कलाकार र दर्शक एकैठाउँ रहनेछन्। सप्ताहव्यापी रुपमा ९ मंसिरदेखि १५ सम्म चलिरहेको थाहा फिल्लम फेस्टिभलमा नेपाली कथानक चलचित्र बुलबुल, राधा, प्रकाश, डेशान, म अलप हुन चाहन्छु लगायत लघु चलचित्र र वृत्तचित्र हरु प्रदर्शन भइरहेको छ ।

यही शिलसिलामा थाहानगर आएका चलचित्रकर्मीलाई आयोजकले थाहा नगरपालिकाको पर्यटकिय स्थानहरुको अवलोकन भ्रमण गराएको छ । अवलोकन पस्चात चर्चित लघु चलचित्र “जुनुको जुत्ता“ को निर्देशक केदार श्रेष्ठले अब बन्ने आफ्नो चलचित्रको लागि थाहानगर उपयुक्त स्थान रहेको बताए । प्रोडक्सन डिजाइनर राम खड्का र साउन्ड डिजाइनर बिपिन स्थापितले आफ्नो छायांकनको लागि तयारी अवस्थामा रहेको चलचित्र थाहा नगरको सिम भञ्ज्याङ् र आग्रामा गर्न उपयुक्त स्थान छनोट गरेको र सोही स्थानमा आफ्नो चलचित्र छायांकन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

त्यस्तै चलचित्र विश्लेषक तथा चलचित्र पत्रकार समर्पण श्री ले यस्ता ठाउँमा बन्ने चलचित्रको कथावस्तुले दर्शकमा आनन्द र धैर्यता प्रदान गर्ने हुँदा थाहा नगरपालिका चलचित्र छायांकनको लागि उपयुक्त स्थान रहेको बताए । थाहा फिल्म फेस्टिभलको उद्घाटन सत्रको पहिलो दिन थाहा नगरपालिकाको पर्यटन वृत्तचित्र । दोस्रो दिन बुलबुल, सेनाको चेली, म अलप हुन चाहन्छु । तेस्रो दिन ऐना झ्यालको पुतली, युद्दको बाछिटा । चौँथो दिन प्रकाश, जुनुको जुत्ता, जालगेडी, सनाई र पाँचौ दिन, डेशान र अन्य लघु चलचित्र र वृत्तचित्रहरु प्रदर्सन गरिएको छ भने छैटौं दिन द सेक्रेट अफ राधा र मलामी तथा सातौं दिन पुनः डेशान चलचित्र प्रदर्शन गर्ने र समापन सत्र रहने फेस्टिभल आयोजक समितिका उप– संयोजक राजीव कुमार स्याङ्तानले बताए ।

पालिका प्रेस
थप जानकारी