थाहानगरको अधिकांश क्षेत्रमा छायाँकन गरिएका नेपाली कथानक चलचित्र द सेक्रेट्स अफ राधाका निर्देशक सुवर्ण थापाले थाहानगर वास्तवमै चलचित्र छायांकनको लागि उपयुक्त स्थल रहेको बताएका छन् ।

थाहा कला केन्द्रले आयोजना गरेको थाहा फिल्म फेस्टिभलमा थाहानगर आइपुगेका निर्देशक थापाले यस्तो बताएका हुन् । फिल्म फेस्टिभलको छैठौं दिन १४ मंसिरमा पालुङ जेसीजको हलमा चलचित्र राधा देखाइएको थियो । चलचित्र राधालाई थाहा फिल्म फेस्टिभलमा समावेश गरी भव्यताका साथ प्रदर्शनी गरिएकोमा उनले निकै खुशी व्यक्त गरे ।

फेस्टिभलको क्रममा राधाका निर्देशक थापा, निर्माता अनुप थापा तथा चलचित्र राधाकै को–प्रोडुसर उमेश गुप्ता थाहानगर आएका थिए ।

पालिका प्रेस
थप जानकारी