मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित ४०० के. भि. विद्युत् प्रसारण आयोजना अन्तर्गत पर्ने थाहा नगरपालिका वडा नम्बर ८ को विभिन्न क्षेत्रको २५ मंसिरमा अनुगमन भएको छ । उक्त आयोजना क्षेत्रमा पर्ने जग्गाहरुको मुआब्जाको विषयमा स्थलगत अनुगमन र छलफल भएको हो ।

आयोजना क्षेत्रको जग्गा मुआब्जा वितरणका लागि गठित मूल्य निर्धारण समिति मकवानपुरका पदाअधिकारीहरुलाई थाहाका ८ नम्बर वडाध्यक्ष हेम कुमार थिङले सहजीकरण गरेका थिए । टोलीमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, मालोपोत कार्यालय शिखरकोट, थाहा नगरपालिकालगायतका कार्यालयहरुको प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

एमसिए नेपालको परियोजना अन्तर्गत मकवानपुरको रातमाटे सवस्टेसदेखि नयाँ हेटौंडा सवस्टेसन खण्ड, थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिकाको क्षेत्रहरु पर्दछ । आयोजनाका लागि जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को उपदफा १ बमोजिम प्रक्रिया अघि बढाइएको छ ।

पालिका प्रेस
थप जानकारी