मकवानपुर थाहा नगरपालिकाको विभिन्न स्थानमा स्वयंसेवकहरुले सरसफाई गरेका छन् । काठमाण्डौबाट आएका राजमान (मानव) महर्जन नेतृत्वको टोलीले थाहाको पालुङ शहर, पाण्डुकेश्वर क्षेत्र, चित्लाङ, शिखरकोटलगायतको स्थानहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन् । टोलीले विश्व सरसफाइ कार्यक्रम अन्तर्गत थाहानगरका विभिन्न क्षेत्रमा कार्यक्रम गरिएका हुन् ।

उनीहरु सरसफाई सम्बन्धी सन्देश दिने र सरसफाई कार्यक्रम सञ्चालन गर्दे देशका विभिन्न स्थानहरुमा पुग्ने गर्दछन् । टोलीमा सुशीला महर्जन, लक्ष्मन महर्जन, दिलिप महर्जन र मैयाश्वरी महर्जनसहभागी थिए । स्तस्फूर्त रुपमा १४ वर्षदेखि यस किसमको कार्यक्रमहरु सञ्चालन गर्दे आएको राजमान मानवले जानकारी दिए ।

थाहा नगरपालिकाको वडा नम्बर २ मा भएको सरसफाई कार्यक्रममा वडाध्यक्ष बमबहादुर सिन्तानको विशिेष उपस्थिती रहेको थियो । स्वयंसेवकहरुलाई वडाध्यक्ष सिन्तानले स्वागत गरेका थिए । सरसफाई कार्यक्रममा स्थानीयहरु पनि सहभागी भएका थिए ।

पालिका प्रेस
थप जानकारी