मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष राजन दंगाल पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका छन् ।
जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले बुधबार सरकारी कागजात कीर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए । उनीविरुद्ध गत असार दोस्रो हप्ता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

दंगाल चार महिनापछि आजै अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता कीर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ।

जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । गुरुङको नाममा उमादेवीको ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ

पालिका प्रेस
थप जानकारी