निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) थाहानगर समितिको तेस्रो अधिवेशनले सुरेन्द्रमान प्रधानलाई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।
होटल फेमिलीमा १० मंसिरमा भएको अधिवेशनले प्रधानको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सजिनभक्त श्रेष्ठ, सचिव संगम कार्की र कोषाध्यक्षमा श्यामकृष्ण जोशी चयन भएका छन् । समितिको सदस्यहरुमा मनोज रायमाझी, सुदर्शन कार्की र सुशील ओस्ती चयन भए । समितिको सल्लाहकारद्वयमा रामकृष्ण बस्नेत र रामशरण थापा चयन भएका छन् । समितिको कार्य अवधी ३ वर्षको रहनेछ ।
अधिवेशनमा प्रमुख अतिथि प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले थाहा नगरमा प्याव्सनले सकारात्मक पारेको प्रभावको बताउँदै अबको कार्यकाल शिक्षक र संस्थापकहरुको क्षमता अभिवृद्धिमा ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा प्याव्सन मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार नहर्की, प्याव्सन थाहा नगरका पदाधिकारीहरुलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्