लायन्स क्लब अफ् नेपाल टुरिजमले मनकामना आधारभूत विद्यालय सिद्धलेक–५ धादिङमा पोसाक वितरण गरेको छ । ९ मङ्सिरमा एक कार्यक्रमको आयोजना गरी ९८ जना बालबालिकाको लागि निःशुल्क पोसाक वितरण गरिएको हो । कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एसका डिस्ट्रिक्ट चिफ लक्ष्मण अर्यालको संयोजनमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घलेले लायन्स क्लब अफ् नेपाल टुरिजमले प्रशंसनीय काम गरेको बताए । विद्यालयका प्रधानध्यापक ध्र्रुव प्रसाद सिलवालले खुशी व्यक्त गर्दै धन्यवाद दिए । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एस नेपालका डिस्ट्रिक एक्जुकेटिभ चिफ अन्जन थापा (कुमार) को पहलमा उक्त कार्यक्रम भएको थियो । आर्थिक अभावका कारण सो विद्यालयका अध्यायनरत विद्यार्थीहरुलाई पोसाक खरिद गर्न समस्या भएको भन्ने जानकारीमा आएपछि आफ्नो कार्यकालको कार्यक्रमका रुपमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिएको क्लब प्रेसिडेन्ट किरण पाण्डेले बताए ।

विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै न्यानो पोशाकले विद्यार्थी भाइ बहिनिहरुलाई जाडोबाट जोगाउने र विद्यार्थीहरुको आत्मबल बलियो भै शैक्षिक नतिजा राम्रो आउने पाण्डेले आशा व्यक्त गरे । लायन्स क्लब अफ् नेपाल टुरिजम आयोजक रहेको कार्यक्रममा लायन्स क्लब अफ् सिद्देश्वरले सहयोग गरेको थियो ।

पालिका प्रेस
थप जानकारी