कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि प्राविधिकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै साबिकको एक गाविस एक कृषि तथा पशुसेवा प्राविधिक/कृषि स्नातक/पशु चिकित्सकको विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ को ‘एक गाविस एक कृषि तथा पशुसेवा प्राविधिक कार्यक्रम अनुसार एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ तथा ‘एक गाउँ एक पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ अनुसार कार्यरत कृषि प्राविधिक विवरण माग गरेको हो ।

 

पालिका प्रेस
थप जानकारी