बालकृष्ण अधिकारी

नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । २८ मंसिरमा भएको निर्वाचनमा अधिकारीले ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अञ्जली थापाले ३६ मत प्राप्त गरिन् । अर्का उम्मेद्वार पोष्टराज अधिकारीले २० मत प्राप्त गर्दा अध्यक्षका अर्का आकांक्षी सुरेश श्रेष्ठले ३ मत मात्रै प्राप्त गरेका थिए ।

महासंघको उपाध्यक्षमा ५५ मत प्राप्त गर्दै ध्रुव अधिकारी निर्वाचित भएका छन् भने गणेश अधिकारी ४९ मतसहित पराजित भए । महिला उपाध्यक्षतर्फ भावना रिजाल ५५ मतसहित निर्वाचित हुँदा प्रतिक्षा न्यौपाने ४४ मत प्राप्त गर्दै पराजित भइन् ।

महासंघको सचिवमा केशव सुवेदी निर्वाचित भएका छन् । इन्द्रप्रसाद बञ्जारालाई हराउँदै सुवेदी महासंघको सचिवमा निर्वाचित भएका हुन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बञ्जाराले ३३ मत मात्र प्राप्त गरे । कोषाध्यक्षमा प्रदीप अधिकारीले ५२ मत प्राप्त गर्दै विजयी हुँदा एमपी शर्माले ५१ मत प्राप्त गरे । यस्तै सहसचिवमा शिव प्रसाद चौलागाईं निर्वाचित भएका छन् । सहसचिवमा निर्वाचित चौलागाईले ६५ मत प्राप्त गर्दा अर्का आकांक्षी विश्वराम अधिकारीले ३९ मत मात्र प्राप्त गरे । समावेशी सहसचिवमा रुपा गुरुङलाई हराउँदै सन्नु रिजाल निर्वाचित भइन् । रिजालले ५८ मत पाउँदा गुरुङले ४० मत मात्र प्राप्त गरेकी थिइन् ।

यस्तै महिला सदस्यमा स्मिता अर्जेल ४८ मत प्राप्त गर्दै निर्वाचित भइन् भने जनजाति सदस्यतर्फ सानुमाया गुरुङ ४९ मतसहित निर्वाचित इन् । खुला सदस्यमा सरोज पौडेल (६५ मत), रविन ढुंगाना (५९ मत), श्रीराम अर्जुन दहाल (५७ मत), श्यामलाल दुलाल (गणेश) (५३ मत), सुमन दाहाल (५२ मत), अनिल पराजुली (५१) र कृष्णा विष्ट (सुनिता) (५० मत) विजयी गर्दै विजयी भएका छन् । कार्यसमितिका मधेसीतर्फबाट मनिल महतो निर्विरोध चयन भएका थिए ।

निर्वाचन कार्यक्रम अन्तर्गत कूल ११७ जना मध्ये १०७ जना पत्रकारले मात्र मतदान गरेका थिए ।

पालिका प्रेस
थप जानकारी