नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेको सरुवा भएको छ । प्रमुख न्यौपानेको केन्द्रिय कार्यालय अन्तर्गत व्यावसाय विकास निर्देशनालयमा सुरुवा भएका हुन् । पालुङ वितरण केन्द्रमा भरतपुर वितरण केन्द्रबाट रुद्रराज विष्ट सरुवा भई आएका छन् ।

सरुवा भएका प्रमुख न्यौपानेको पालुङ वितरण केन्द्रमा फेरी भेटौंला कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । न्यौपाने २०८० आश्विन २१ गतेदेखि पालुङ वितरण केन्द्रमा प्रमुखको रुपमा आएका थिए । उनको सक्रियतामा एउटै मात्र धोर्सिङको स्रोतमा भर परेको पालुङमा माल्टा र धादिङबाट विद्युत स्रोत जोडिनुका साथै काठका पोल विस्थापन, ११ के.भी. तथा एल.टि. लाईनमा कालो तार लगाई लाईन सुधार भएको छ ।

त्यस्तै बाढी पहिरोबाट क्षती भएको लाईन न्यौपानेकै नेतृत्वमा भएको सक्रियताका साथ सुधार र संचालनलगाएतका कामहरु भएका छन् ।

यसैबीच वितरण केन्द्र प्रमुख न्यौपानेलाई १६ पुसमा थाहा नगरपालिका नगर कार्यपालिकाका प्रमुख विष्णु बहादुर विष्ट, उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले खादा ओढाई विदाई गरेका छन् । सो अवसरमा पालुङ वितरण केन्द्रमा रहँदा न्यौपानेले गरेको सहयोग तथा सहकार्यको प्रशंसा गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी