मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।
१४ पुसमा मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ बर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको थियो । उनको बाघको आक्रमणबाट मृत्यु भएको रात नै सोही स्थानका सूर्यबहादुर मोक्तानको गोठमा रहेको ७ वटा बाख्रालाई समेत आक्रमण गरेर मारेको थियो।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको मनहरीमा बाघको आक्रमण बढेपछि निकुञ्जका टोली बाघ नियन्त्रणमा जुटेको थियो। बाघले मारेको बाख्राको पासो थापेर निकुञ्जका डार्ट टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो।

बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जका ४ वटा हात्ति प्रयोग गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनाकारी दिए। उनका अनुसार उक्त बाघलाई पर्सा वन्यजन्तु आरक्षणमा लगिएको छ।















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्