मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले ज्येष्ठ नागरिकहरुको सम्मान, निःशुल्क स्वास्थ्य परीक्षण र खाजा कार्यक्रम गरेको छ । कार्यक्रम ११ माघदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । यस अन्तर्गत पहिलो ११ माघमा पालिकाको ४ नम्बर वडामा भएको छ ।
कार्यक्रममा ६८ वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका एकल महिला, ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्ति तथा सरकारी सेवाबाट निवृत्त भई नियमित पेन्सन लिने ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई मायाको चिनो वितरण गरिएको छ। ४ नम्बर वडाध्यक्ष चन्द्रकुमार बलको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्यहरु, योजन अधिकृत दीपक चापागाई, वडा सदस्यहरू तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान र सेवा अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिइएको छ। अन्य वडाहरूमा पनि क्रमशः कार्यक्रम सञ्चालन हुने जनाइएको छ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्