आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण मौसम बदली भएको हो ।

आज बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी