विश्व खर्बपति एलन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी’ (डीओजीई) ले नेपालमा संघीयता र जैविक विविधता शीर्षकमा आउने अनुदान रोकेको छ ।

संघीयता शीर्षकमा आउने २० मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ७६ करोड ६४ लाख रुपैयाँ) र नेपालमा जैविक विविधता संरक्षण अन्तरगत दिन लागिएको १९ मिलियन अमेरिकी डलर (आजको विनिमय दर अनुसार २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ) बराबरको सहयोग रोकेको हो ।

डीओजीईले सामाजिक सञ्जाल एक्सको आधिकारिक ह्याण्डलमा विभिन्न मुलुकहरुमा अघिल्लो प्रशासनले अनुदान स्वरुप दिन लागेको रकमहरुको सूची सार्वजनिक गर्दै तिनलाई रोकिएको भनेको छ ।

त्यो सूचीमा नेपालमा पनि दुई शीर्षकमा गर्न लागिएको खर्च रद्द गरिएको जानकारी दिइएको छ । ‘अमेरिकी करदाताको रकम निम्न अनुसारको कार्यमा खर्च गर्न लागिएका थिए, त्यसलाई रद्द गरिएको छ’, एक्समा लेखिएको छ । सूचीमा कम्बोडिया, सर्बिया, बंगलादेश, भारत, माली, दक्षिण अफ्रिका, इजिप्ट लगायतका देशमा दिन लगाएको अनुदान पनि रद्द गरिएको उल्लेख छ ।

पालिका प्रेस
थप जानकारी