मकवानपुर थाहानगरको बज्रवाराही चित्लाङ क्षेत्रमा ३१ चेैतमा परेको असिनाले कृषि उपजमा क्षति पु¥याएको छ । दिउँसो परेको असिनाले खेतबारीको तरकारीहरुमा क्षति पु¥याएको स्थानीय विराजन बस्नेतले जानकारी दिए ।

त्यस्तै थाहा नगरपालिकाको वडा नम्बर ९, १० का साथै वडा नम्बर ६ बज्रवाराही क्षेत्रमा पनि असिनाले बालीनालीमा क्षति पुगेको थाहा नगरपालिका वडा नम्बर ६ का वडा सचिव सुनिल लामिछानेले जानकारी दिए ।

हेर्नुहोस तस्वीरहरुः

पालिका प्रेस
थप जानकारी