हेटौंडामा ७ जिल्लाका ४१ जनालाई भलिबलको आधारभूत रेफ्री तालिम दिइएको छ । २ बैशाखबाट सुरु आधारभुत रेफ्री तालिमको ६ वैशाखमा समापन गरिएको हो ।

मकवानपुर जिल्ला भलिबल संघले आयोजना गरेको ५ दिने तालिममा जिल्लास्तरीय खेलमा सहभागी भएका ४१ जनाको सहभागिता रहेको मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त सिटौलाले बताए । उनका अनुसार तालिममा ७ जिल्लाका ४१ जना पुरुष र ७ जना महिलाको सहभागिता रहेको थियो ।

तालिममा बागमती प्रदेशका दोलखा, रामेछप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर तथा बारा, रुकुम पश्चिम र बैतडी जिल्लाका सहभागिता रहेका थिए । प्रत्येकले ५ हजार रुपैयाँ शुल्क बुझाएर तालिममा सहभागी भएको संघले जनाएको छ । हेटौंडा–४, हुप्रचौरमा भएको तालिमको राष्ट्रिय रेफ्री विजय वादे सहितले सहजीकरण गरेका थिए । जिल्लास्तरीय भलिबल खेलमा अन्य जिल्लाका रेफ्री ल्याउनु पर्ने समस्यालाई अन्त्य गर्न र भलिबलको नयाँ नियम खेलाडी र प्रशिक्षकहरुलाई जानकारी गराउन तालिम आयोजना गरिएको अध्यक्ष सिटौलाले बताए ।

मकवानपुर जिल्ला भलिबल संघ अध्यक्ष बसन्त कुमार सिटौलाको सभाध्यक्षता तथा खेलकुद परिषद बागमती अध्यक्ष दिपक लामाको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम भएको हो ।

पालिका प्रेस
थप जानकारी