मकवानपुरको राक्सिराङ गाउँपालिकाको एक विद्यालयमा विद्यार्थीहरुको दुई समुहबीच झगडा भएपछि विद्यालयको पठनपाठन नै बन्द गरिएको छ ।

मंगलबार बिहान राक्सिराङ–८ देवीटारमा रहेको श्री माध्यामिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीबीच सामुहिक झगडा भएको थियो । झगडामा २ जना विद्यार्थी घाइते भएको र अन्य केहीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको भरतपुर र हेटौडामा उपचार भइरहेको छ ।

झगडामा संलग्न रहेको आरोपमा ७ जना विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा राखेको छ । उनीहरु सबै विद्यार्थी १६ वर्षभन्दा कम उमेरका रहेका छन् ।

सामान्य विषयमा उत्पन्न विवादले विद्यार्थीहरुबीच हात हालाहालको अवस्था निम्त्याएको वडा अध्यक्ष युसाई प्रजाले बताए । घाइते विद्यार्थीको अभिभावकले भने घटना नियोजित भएको भन्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

विद्यार्थीहरुको समूहबीच झगडा भई दुई जना घाइते र केही विद्यार्थी प्रहरी नियन्त्रणमा पुगेपछि विद्यालयको पठनपाठन नै बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक सागर पटेलले जेठ २८ गते बुधबार विद्यालय बन्द रहने सूचना दिए ।

पालिका प्रेस
थप जानकारी