मकवानपुर थाहा नगरपालिकाले आगामि आर्थिक वर्षमा अस्पताल सञ्चालन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०८२÷०८३ बाट १५ शैयाको अस्पताल सञ्चालन गर्ने भएको हो । ७ असारमा नगर प्रमुख विष्णु बहादुर विष्टले सभामा पेश गरेको नीति तथा कार्यक्रममा पालुङ प्राथमिक स्वासथ्य केन्द्रलाई अस्पतालकै रुपमा सञ्चालन गर्ने र स्वास्थ्य चौकीहरुबाट समेत स्वास्थ्य शिविर र बहिरंग मार्फत मेडिकल अधिकृत एंवम विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराइने उल्लेख छ । थाहानगरको अस्पतालबाटै पोष्टमार्टम सेवा सञ्चालन गर्ने पनि नीतिमा उल्लेख छ ।
थाहा नगरपालिकालाई क्षयरोगमुक्त पालिका घोषणाका लागि लागि कार्ययोजना बनाई कार्यान्वयन गरिने पालिकाको नीति छ । क्षयरोगमुक्त घोषणा अभियानका लागि आवश्यक पर्ने जनशक्ति स्थानीय तहले क्रमशः व्यवस्थापन गर्ने नीतिमा उल्लेख गरिएको छ । क्षयरोगका विरामीहरुको उपचारमा सुधार ल्याउनको लागि पोषणयुक्त खानेकुरा फुड बास्केट वितरण कार्यलाई निरन्तरता दिइने थाहानगरको नीति छ ।
निःशुल्क आधारभुत स्वास्थ्य सेवामा आम नगरबासीको सुलभ र सरल पहुँचको व्यवस्थामा थप सुधार गर्न अत्यावश्यकीय औषधी तथा उपकरणको अभाव हुन नदिने, नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न दीर्घरोगीहरुलाई घरघरमा औषधी पुर्याउने तथा स्वास्थ्य परीक्षण व्यवस्थापन गर्ने नगरको नीतिमा समेटिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गरिने, अशक्त, असहाय र जेष्ठ नागरिकलाई घरदैलो आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक आधारभूत स्वास्थ्य सेवा केन्द्रलार्ई सुदृढ र व्यवस्थित गर्ने थाहाको नीति छ ।
















































पालिका प्रेस 










प्रतिक्रिया दिनुहोस्