मकवानपुर थाहा नगरपालिकाको ऐतिहासिक कुन्छाल गाउँ भित्रबाट ६ चक्के सवारी साधनको आवागमन पूर्ण रुपमा रोक लगाइएको छ । १२ असारमा थाहा–१ कुन्छाल गाउँमा आयोजित भेलाको यस्तो निर्णय गरेको हो ।
स्थानीय सडकहरू भीडभाडयुक्त र साँघुरा भएका कारण नागरिकको सुरक्षालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको १ नम्बर वडा कार्यालयले जनाएको छ । कुन्छालको पोखरी डाडाँदेखि दुप्चे बजार सडक खण्ड अन्तर्गत दुप्चे बजारदेखि गणेश मन्दिरसम्मको सडक जोखिमयुक्त रहेकोले उक्त सडक खण्डमा ६ चक्के सवारी चलाउन पुर्ण रुपमा निषेध गरिएको वडा कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
वडा अध्यक्ष हेरमान गोपालीले सूचित गराएको सूचनामा कुन्छाल–कुलेखानी सडक प्रयोग गर्न सवारी चालक तथा सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।


















































पालिका प्रेस 

















प्रतिक्रिया दिनुहोस्