थाहानगरका १२ वटै वडाबाट युवाको उल्लेखनीय सहभागितामा थाहा युवा समूहको १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । समितिको अध्यक्षमा अर्जुन बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा रचना बस्नेत र युवराज जिम्बा, सचिवमा सिम्रन खड्का, राजीव विक्रम खड्का (डेनी), कोषाध्यक्षमा विकास गुरुङ र राजीव महर्जन चयन भएका छन् ।

१३ सदस्यीय समिति गठन गरिएको हो । भेलामा थाहामा पछिल्लो समय देखिएका विकृति, विसंगति, सामाजिक बेथिति र विकास अभावका विषयमा छलफल गरिएको थियो । सहभागीले समूहलाई विधिवत र संस्थागतरुपमा अगाडि बढाउँदै दीर्घकालीन सामाजिक प्रभाव पार्ने कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए । समूहले यस अघिपनि कोभिड–१९ महामारीको कठिन समयमा अत्यावश्यक खाद्यान्न वितरण, स्वास्थ्य सामग्री सहयोग, जनचेतना अभियान तथा संकटमा परेका परिवारलाई सहयोग गरेर सशक्त सामाजिक भूमिका निर्वाह गरेको थियो ।

विभिन्न सामाजिक कार्यहरुमा अग्रणी भूमिका खेलिसकेको स्मरण गराउँदै, अबको यात्रालाई संगठित, उद्देश्यमुखी र प्रभावकारी बनाउने अठोट व्यक्त गरिएको छ । समूहले थाहामा भइरहेका राम्रा र नराम्रा गतिविधिको खबरदारी, जनचेतना, सकारात्मक र सामाजिक उत्तरदायित्व बहन गर्नका लागि यो समूह गठन गरिएको जनाएको छ ।

पालिका प्रेस
थप जानकारी