गाईजात्रा पर्वको अवसरमा साउन २५ गते बागमती प्रदेश सरकारले सार्वजनिक दिएकोे छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार यो निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित भई प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो । मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले मन्त्रिपरिषद्को निर्णयअनुसार गाईजात्राको अवसरमा साउन २५ गते सार्वजनिक बिदा दिइएको जानकारी दिइन् ।
निर्णयअनुसार बागमती प्रदेशभित्रका सार्वजनिक कार्यालय, शैक्षिक संस्था र निजी संघसंस्था गाइजात्राका दिन बन्द रहनेछन् । प्रदेश राजपत्रको खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा साउन २५ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको छ । बागमती प्रदेश सरकारद्वारा कार्यान्वयनमा ल्याइएको ‘प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ अनुसार गत २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्रासहित अन्य चारदिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यही निर्णयका आधारम गाईजात्रा पर्व सार्वजनिक बिदा क्यालेन्डरमा समावेश गरिएको हो । गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न क्षेत्रमा नेवार समुदायले विशेषरुपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो । पितृ सम्झनाको प्रतीकस्वरुप मनाइने यस पर्वमा गाईको स्वरुपमा टोलटोल घुम्ने परम्परा रहेको छ । गाईजात्रा नेपाल संवतअनुसार गुंलागाः पारु अर्थात् जनैपूर्णिमाको भोलिपल्ट (भाद्र शुक्लप्रतिपदामा) पर्दछ । यस पर्वले हास्यव्यंग्य, सामाजिक सन्देश र सांस्कृतिक विविधता झल्काउने भएकाले यसले प्रदेशमा विशेष महत्व राख्दछ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्