मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीजले विद्यार्थीहरुलाई “सुन्दर भविष्य निर्माणका लागि नैतिक शिक्षा आजको आवश्यकता“ कार्यक्रम गरेको छ । जेसिजको आयोजनामा ९ भाद्रमा पालुङ जेसीजको सभाहल तथा जनकल्याण माविमा कार्यक्रम गरिएको हो । पालुङ जेसीजका अध्यक्ष माधव कार्कीको सभाध्यक्षता तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा पालुङ जेसिजका पूर्वअध्यक्ष संगम कार्की प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघका कोषाध्यक्ष एवं पालुङ क्याम्पस प्रमुख राजन मिश्र विशिष्ट अतिथि थिए । सहभागीहरुलाई रमन भट्टराईले जीवनमा सफल हुने तरिका, विद्यार्थी जीवनमा नैतिक शिक्षाको आवश्यकता र महत्व, ध्यान–योगमार्फत जीवनलाई सहज बनाउन सकिने उपाय, समय व्यवस्थापन, तनाव व्यवस्थापन तथा लक्ष्य निर्धारण लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा उपस्थितहरुलाई पालुङ जेसिजकी कार्यकारिणी उपाध्यक्ष स्मिता बिष्टले स्वागत गरेकी थिइन् । कार्यक्रममा पालुङ जेसिजका पूर्व अध्यक्ष निरज रायमाझी, लायन्स क्लब थाहाका अध्यक्ष अनित बिष्टलगायतकाको उपस्थिती थियो । कार्यक्रममा १५० भन्दा बढी विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक कमल बिष्टले जानकारी दिए।

पालिका प्रेस
थप जानकारी