मकवानपुरको कैलाश गाउँपालिकामा १६ जना क्षयरोगका विरामीले नियमित औषधिसेवन गरिरहेका छन् । १२ भाद्रमा आयोजित क्षयरोग सम्बन्धी वार्षिक समीक्षा कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा कैलाशका विभिन्न वडामा १६ जना क्षयरोगका विरामी रहेको र उनीहरुले स्वास्थ्य संस्थाबाट नियमित औषधिसेवन गरिरहेको स्वास्थ्यशाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । ‘कैलाशको वडा नम्बर ३ मा ९ जना, वडा नम्बर ८ मा २ जना वडा ९ मा ४ जना र वडा ५ मा १ जना गरी १६ जनामा क्षयरोग विरामी रहेको गौतमले बताए । उनीहरुको उपचार र औषधिसेवन गरिरहेका छन्, र अझै धेरै परीक्षण गरिनुपर्छ,’ गौतमले भने ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले पालिकामा रहेका दुईवटै ल्यावलाई भरपुर प्रयोग गर्दै क्षयरोग परीक्षणलाई वृद्धि गर्नुपर्ने बताए । संक्रमित विरामीको औषधिसेवनमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्दै क्षयरोग परीक्षणको शिविर सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन् । वित्तीय समानीकरणको अनुदान रकम वृद्धिमा यही क्षेत्रका सूचकको महत्वपूर्ण भूमिका रहने अध्यक्ष मुक्तानले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेलले डाटावेसमा वडातहका स्वास्थ्यचौकी कमजोरी रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए । ‘विरामीप्रति लगाव राख्दै नागरिकलाई दिने सेवामा कमी नआउनु उनले निर्देशन दिएका छन् ।

पालिका प्रेस
थप जानकारी