१७ असोज रातिबाट निरन्तर वर्षा भइरहेपछि गणेशमान सिंह मार्ग (चित्लाङ–चन्द्रागिरि–थानकोट सडक) मा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार सो सडकको पानीघाट क्षेत्रबाट सवारीसाधन अघि बढ्न रोक लगाइएको हो । यद्यपी सो सडकमा पहिरो भने खसेको छैन् ।

पहिरो खस्न सक्ने सम्भावित क्षेत्र भएका कारण सडकमा सवारीसाधन रोकिएको प्रहरीको भनाइ छ । अहिले यस क्षेत्रमा वर्षा भइरहेको छ ।

पालिका प्रेस
थप जानकारी