मकवानपुर दामनका सप्तरत्न मानन्धरको १८ असोजमा निधन भएको छ । दुवै मृगौलापीडित भइ लामो समयदेखि बिरामी परेका मानन्धरको १८ असोस दिउँसो निधन भएको उनको परिवारले जानकारी दिएका छन् । उनलाई बचाउनको लागि शुभचिन्तकहरुले यसअघि विविध अभियान सञ्चालन गरी सहयोग जुटाएर सहयोग गरेका थिए । अन्ततः उनलाई बचाउन सकिएन ।
मानन्धर कुनै बेला मकवानपुर दामनका एक प्रतिष्ठित व्यक्ति थिए । जवानी छँदा उनी बहुप्रतिभावान पनि थिए । उनी ‘सप्त दाइ’ को नामले सबैमाझ परिचित थिए । बाइरोडको बाटो अर्थात त्रिभुवन राजपथ अन्तर्गत दामनका चिरपरिचित होटल व्यवसायी थिए उनी । उनी सफल व्यवसायी पनि हुन् । विक्रम संवत २०४५ देखि २०६२ सालसम्म उनी बाइरोडका हस्ती व्यवसायी थिए । त्यती बेला राम्रो आम्दानी पनि गरे । अहिले दामन थाहा नगरपालिका वडा नम्बर ४ मा पर्छ ।
दामनकै ऋषेश्वर प्राथमिक विद्यालयमा शिक्षण समेत गरेका सप्तरत्नले त्यही बेला दामन होटल शुरु गरेका थिए । व्यवसायिक मात्र नभई सामाजिक काममा दिलोज्यान दिने दामनका मानन्धर धेरै समय बिरामी परेर थलिए । उनलाई जटिल स्वास्थ्य समस्या आइलागेपछि उपचारमै कमाएका सबै पैसा सकियो । उनीसंग अब परिवार, आफन्त र मनकारीहरुको मायाँ र सहयोग शिवाय केही थिएन । थियो त, केवल त्यही रोगी शरिर । त्यही शरिरले पनि १८ असोजमा छोड्यो, सप्तरत्न अब सम्झनामा मात्र रहे ।
सामाजिक र आर्थिक रुपले तगडा सप्तरत्नको दुई वटै मृगौला फेलभएपछि उनी उपचारमै थिए । उनको ललितपुरको पाटन अस्पतालमा उनको रोग पहिचान भएको थियो । उनी गएको चार वर्षदेखि नियमित डाइलाइसिस गरेर जीवन धानीरहेका थिए ।











































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्