सिन्धुलीबाट हेटौंडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको इभी भ्यान विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलसंग ठोक्किँदा दुर्घटना भएको छ।

२१ असोजमा मकवानपुरको बागमती गाउँपालिका–४ बुद्धचोक नजिक दुर्घटना भएको हो। ना ५२ प ५५९८ नम्बरको पल्सर मोटरसाइकल र मधेस प्रदेश ०२ ००१ ज ०० ७२ नम्बरको इभी भ्यान एकआपसमा ठक्कर खाएका हुन्।

मोटरसाइकलसँग ठक्कर खाएपछि इभी भ्यान सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक र इभी भ्यानमा सवार सबैजना घाइते भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएका सबै व्यक्तिहरूलाई प्राथमिक उपचारपछि हेटौंडा अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र घाइतेहरूको अवस्था बारे थप विवरण प्राप्त हुन बाँकी छ।

पालिका प्रेस
थप जानकारी