खानेपानी तथा सरसफाईका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको राक्सिराङ गाउँपालिका–५ स्थित ठाडेचुरी र ठाडेटोललाई पूर्णसरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा गरिएको छ । एक कार्यक्रमबीच ६ मंसिरमा ५८ घरधुरी रहेको २ टोललाई पूर्णसर सफाईउन्मुख घोषणा गरिएको हो । नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन) द्वारा डब्लुएचएचको सहयोगमा राक्सिराङ गाउँपालिकाले सरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरेको हो ।

मकवानपुरको पहाडीक्षेत्रमा खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परि वर्तन परियोजनाअन्तर्गत आरआर एनले मकवानपुरको राक्सिराङ र कैलाशमा अभियान चलाइरहेको छ । गाउँपालिकासँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको हो । राक्सिराङमा हालसम्म १६ वटा टोललाई पूर्णसरसफाईउन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिसकिएको छ ।

घोषणाका लागि स्वच्छ र सफा घरका सूचकको निर्धारण गरी सूचक पूरा गर्नका लागि काम गरिएको थियो । आरआरएनले एकघर एकधारासहितको खानेपानी आयोजनामा लगानी गरेको छ । घरमा प्रयोगकर्तामैत्री तथा सुरक्षित चर्पीको प्रयोग, पर्याप्त पानीसहित चर्पीमा सरसफाई सामग्री भएको, खुलास्थानमा दिशा नभएको, बालबालिकाको दिसाको सही सदुपयोग भएको हुनुपर्ने सूचकमा उल्लेख छ । बालबालिकालाई फोहोर बाट टाढा राखी सरसफाई गरेको अवस्था, आधारभूतस्तरको खानेपानीमा सबैको पहुँच भएको, पानी सुद्धीकरण गरेर पिउने गरेको, घरको भान्छा सफा तथा सिलौटा छोपेर राखेको, भाँडा सुकाउने र राख्ने ¥याक चाङको व्यवस्था भएको, कुहिने र नकुहिने फोहोर छुट्याउने र उचित व्यवस्थापन गर्ने गरेको लगायत डेढ दर्जनभन्दा बढी सूचक निर्धारण गरी पूर्णपालना भएपछि पूर्णसर सफाईउन्मुख र स्वच्छ सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

राक्सिराङ–५ का वडाअध्यक्ष हरिबहादुर प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङ, आरआएनका कार्यक्रम संयोजक लिल कार्कीलगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो । क ा र्य त्र m म क ै ब ी च स्थानीयलाई फिल्टरसमेत वितरण गरिएको थियो । अभियानअन्तर्गत राक्सिराङमा हालसम्म आठ सय ७० घरमा धारा जडानका साथै ७ सय ५० घरमा फिल्टर वितरण गरिएको संस्थाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी