मकवानपुर राक्सिराङ गाउँपालिकाकै सबै भन्दा बिकट वडा मानिने वडा नम्बर ७ मा पहिलोपटक ईन्टरनेट सेवाले पुगेको छ । वडा नम्बर ६ को सिलिड्डेबाट निरन्तर ५ दिनको प्रयासमा ७ नम्बरमा नेट प्रदायक संस्था फाईवर वल्र्डले आफ्नो सेवा बिस्तार गरेको हो ।
वडाअध्यक्ष रामबहादुर प्रजाले जुरेथुमका स्थानीय तथा वडासदस्य सुनिल ब्लोनको घरमा जडान गरिने राउटर सेवाग्राहीलाई हस्तान्तरण गर्दै सेवाको सुरुवात भएको घोषणा गरेका छन् । नेट सेवा प्रदायक संस्था फाईवर वल्र्डलजुरेथुम हुँदै सिलाधुनी र क्रमश वडाको महत्वपूर्ण स्थान र अन्य स्थानीय जनतालाई सेवा प्रदान गरिनेछ ।
गाउँपालिकासँगै विद्यालय, स्वास्थ्यचौकी र वडा कार्यालयमा नेट जडान गर्नुपर्ने गरी नेट प्रदायक संस्थाले काम गर्ने वडाअध्यक्ष प्रजाले जानकारी दिए ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्