बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल कृषि सेवा, वाली संरक्षण समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत एक जना र नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १ जना कर्मचारी बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ ।



















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्