मकवानपुर थाहा नगरपालिकामा मानसिक, शारीरिक तथा भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने उद्देश्यले ‘ह्यापिनेस प्रोग्राम’ सञ्चालन हुने भएको छ। कार्यक्रम द आर्ट अफ लिभिङ नेपाल र लायन्स क्लब अफ थाहा पिस को सहकार्यमा आयोजना हुन लागेको हो ।

कार्यक्रम आगामी १७ पुसबाट ६ दिन सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा ध्यान, श्वासप्रश्वास तथा जीवनशैली सुधारसम्बन्धी विविध अभ्यासहरू गराइनेछ । सहभागीहरूलाई राम्रो निद्रा लिन सहयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, एकाग्रता अभिवृद्धि गर्ने, सही निर्णय क्षमता विकास गर्ने, मस्तिष्कको कार्यक्षमता बढाउने, भावनात्मक व्यवस्थापनमा सहयोग पु¥याउने साथै सिर्जनशीलता र नवप्रवर्तनमा वृद्धि गर्ने विश्वास लिइएको छ ।

थाहा नगरपालिकाको थानाबजारमा आयोजना हुने कार्यक्रम विहान ६ बजेदेखि ९ बजेसम्म, दिउँसो ११ बजेदेखि २ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म कक्षा सञ्चालन गरिनेछ। कार्यक्रमको प्रशिक्षण ब्रदर श्रीचैतन्य जी ले प्रदान गर्नुहुनेछ ।

पालिका प्रेस
थप जानकारी