मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी चयन भएका छन् । १२ पुसमा भएको संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवशेनबाट रेग्मीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित भएको हो ।

संघको प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गेल, द्वितीय उपाध्यक्षमा अमिर चौलागाई, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की र सहसचिवमा अमृत तुम्सिङ चयन भएका छन् ।

यसैगरी सदस्यमा केशब हुमागाईँ, होमनाथ खनाल, मिलन अधिकारी र अनिल चौधरी चयन भएका छ्न ।

पालिका प्रेस
थप जानकारी