चैनपुर जेसीज मनहरी २०२६ को अध्यक्षमा सुरेश गौतम निर्वाचित भएका छन् । १२ पुसमा भएको जेसीजको तेस्रो साधारणसभा तथा अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्षमा गौतमसँगै श्रीराम खड्काले पनि उम्मेदवारी दिएकोमा सहमतिका लागि खड्काले उम्मेदवारी फिर्ता लिएपछि गौतम सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । जेसीजको कार्यकारिणी उपाध्यक्षमा नवराज रिजाल र राजु सुवेदी तथा उपाध्यक्षमा मनोज चौलागाईं, सुरज ढुंगाना, पुष्कर रेग्मी र सन्तोष ढकाल चयन भएको निर्वाचन आयुक्त रविन ढकालले जानकारी दिए ।
चैनपुर जेसीज मनहरीका अध्यक्ष कृष्णप्रसाद ढकालको अध्यक्षता भएको साधारणसभामा संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, निवर्तमान अध्यक्ष रविन ढकाल लगायतको आतिथ्यता रहेको थियो । उम्मेदवारहरुलाई नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष स्वप्ना पौडेल भण्डारी र पर्सा खैरहनी जेसीजका संस्थापक अध्यक्ष केशव पाठकले तालिम प्रदान गरेका थिए ।
मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य गर्ने उद्येश्यका साथ सन् २०२२ मा गणेश दर्पण अधिकारीको नेतृत्वमा यस जेसीज स्थापना भएको हो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्