पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतले आदेश दिएको छ।

१६ पुसमा विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश दिएको हो।

पोखराको बाटुलेचौरस्थित लिची बगैँचाको १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा संलग्न रहेको गुप्तालाई आरोप छ।

पालिका प्रेस
थप जानकारी