बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संसद्को पुर्नस्थापनाको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । ५० औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री बानियाँले तोकिएको समयमा सरकारले निर्वाचन गर्न नसक्दा संसद् पुर्नस्थापना हुनुपर्ने धारणा राखे । संविधान संशोधन गरी जेनजी पुस्ताको मागलाई सम्बोधन गर्न पनि संसद् आवश्यक रहेको उहाँको भनाई छ । मुख्यमन्त्री बानियाँले अहिलकै प्रक्रियामा निर्वाचन हुँदा जेनजी पुस्ताको माग पुरा हुन नसक्ने पनि बताए ।
वर्तमान सरकारको म्याण्डेन्ट चुनावी गराउनु रहेपनि चुनावको वातावरण अझ बन्न नसकेको उनले जिकिर गरे । लुटिएका हतियार र भागेका कैदीहरु फिर्ता नहुँदा सम्म र लुटपाट, तोडफोडमा संलग्नहरुलाई कारवाही नहुँदा सम्म निर्वाचन हुन नसक्ने उनको बुझाई छ ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले राष्ट्रियता र व्यवस्थालाई बचाउन गणतन्त्रवादी दलहरु मिल्नुपर्ने बताए । जेनजी पुस्ताको असल मागमाथि खेलेर राष्ट्रियता नै धरापमा पार्ने तत्वहरु विरुद्ध एमाले, कांग्रेस, माओवादी जस्ता गणतन्त्रवादी दलहरु एकजुट हुनुपर्ने उनको भनाई छ । मुख्यमन्त्री बानियाँले गणतन्त्रलाई बलियो बनाउने धर्मलाई दलहरुले बिर्सन नहुने बताए । अप्ठ्यारो अवस्थामा रहेको मुलुकलाई निकास दिनु आजको आवश्यकता रहेको उनको भनाई छ ।
रवि, बालेन र कुलमानबीचको एकतालाई कटाक्ष गर्दै मुख्यमन्त्री बानियाँले त्यस्ता एकताहरुबाट डराउनुपर्ने अवस्था नरहेको जिकिर गरे । स्वाभिमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रभित्रको एकता वर्तमान समयको अनिवार्यता भएको उनले बताए ।
मुख्यमन्त्री बानियाँले वि.पि.ले लिएको मेलमिलाप नीतिको सान्र्दभिकता वर्तमान समयमा बढ्दै गएको बताए । कांग्रेस बागमती प्रदेशको सभापति समेत रहेका उनले कांग्रेसभित्रको एकतालाई पनि मजबुत बनाउनुपर्नेमा जोड दिए । निर्वाचनमा पार्टीभित्र गुट देखिनु स्वाभाविक भएपनि निर्वाचन पछिको परिणामलाई स्वीकार गरेर अघि बढ्नु नै गणतन्त्रको सुन्दर पक्ष भएको उनको भनाइ थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्