जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरको २१ औँ वार्षिकोत्सवमा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको छ । संघले १८ पुसमा जिल्ला भित्र रहेका विभिन्न कला संस्कृति र भेषभुषालाई प्राथमिकतामा राख्दै वार्षिकोत्सव मनाएको हो ।
संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न विधामा सहकारी, सहकारी अभियान्ता, कर्मचारीलाई सम्मान गरेको छ । संघले यसवर्ष सर्वोत्कृष्ट महिला साकोसतर्फ हेटौंडा १२ को महिला सेवा साकोस र मिश्रित साकोसतर्फ हेटौंडा १५ को जनचेतना साकोसलाई सम्मान गरेको छ । त्यस्तै, सहकारी अभियानकर्मी सम्मान तर्फ राधा सिन्तान र भोजमान श्रेष्ठलाई सम्मान गरेको छ ।
त्यस्तै, उत्कृष्ट सहकारी कर्मचारीतर्फ महिला जनशक्ति साकोसका व्यवस्थापक माया तामाङ र सञ्जीवनी साकोसका व्यवस्थापक प्रकाश बहादुर खनाललाई सम्मान गरेको छ । संघले उत्कृष्ट दैनिक कारोबारकर्ता तर्फ गणपति साकोस, कुल सम्पति २० करोड माथीको सर्वाधिक बचत जम्मागर्ने जनकल्याण साकोस, ऋण परिचालन गर्ने बज्रबाहारी साकोस र शेयर खरिद गर्ने महिला मिलन साकोसलाई पुरस्कृत गरिएको थियो ।
यसैगरी ७ करोड माथी कुल सम्पति भएको मध्ये धेरै बचत गर्ने महिला कल्याण साकोस, ऋण परिचालन गर्ने प्रतिफल साकोस, शेयर खरिद गर्ने दिव्यज्योति महिला साकोस, कुल सम्पति ७ करोड भएकामध्ये धेरै बचत गर्ने सृजनशील महिला साकोस, ऋण परिचालन गर्ने पाथिभरा साकोस, शेयर खरिद गर्ने पासाङल्हामु महिला विकास साकोसलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई आफ्नो जातधर्म अनुरुपका पोशाकमा आउन आग्रह गरसँगै उत्कृष्ट पोषाक लगाउने १० जनालाई उपहार समेत प्रदान गरिएको थियो । कार्यक्रममा तामाङ, थारु, चेपाङ, नेवार, मगर माझी लगायत अन्य पहिरनमा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला बचत संघका सल्लाहकार बद्रीप्रसाद लम्साल, जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख महेन्द्र चापागाई, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, संघका निवर्तमान अध्यक्ष राधा सिन्तान, राष्ट्रिय सहकारी बैंकका प्रमुख समीर श्रेष्ठ, नेफ्स्कुन हेटौंडाका प्रमुख ज्योति महत, संघका सल्लाहकार पार्वती राना, उत्तम शर्मा ढकाल, लेखा समिति संयोजक मिठ्ठाराम दाहाललगायतको आतिथ्यता रहेको थियो ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्