काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको जिप दुर्घटना भएको हो ।
९ जना सवार रहेको टाटासुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ जना बालक गरी ९ जना घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
बालक र बालिकाको अवस्था मध्यम रहेको डीएसपी बोगटीले बताए । इलाका प्रहरी कार्यालय भीमफेदीले घटनास्थलबाट घाइते ९ जनालाई उद्दार गरी हेटौंडातर्फ उपचारका लागि पठाइएको छ ।


















































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्